logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

हुस्सु र चिसो स्याँठले कठ्यांग्रिदो चिसो


  • उज्यालो अभियान

चिसो छल्न आगो बालेर तापिरहेका सर्वसाधारण । (तस्बीर : जनक कार्की)

हरिपुर – सर्लाहीमा हुस्सु र चिसो स्याँठ चलेर आज पनि कठ्यांग्रिदो चिसो छ ।

अहिले बिहानीपख भित्रीरुपमा कठ्यांग्रिदो चिसो भइरहेको हो । जिल्लाको सबैभेगमा बाक्लो हुस्सु लागेर चिसो रहेको स्थानीयले बताएका छन् ।

उत्तरी चुरेभेग र पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा बाक्लो हुस्सुका बीच मधुरो घाम देखा पर्न थालेको छ । आज उत्तरी भेगमा पनि बाक्लो हुस्सु यथावत् नै रहेकाले कठ्यांग्रिदो चिसो भइरहेकै हो ।

यो वर्ष पुस लाग्नै लाग्दा दिउँसोपख पारिलो घाम लागेर न्यानो नै हुने गरेको छ । बिहान–बेलुका र रातको समयमा भने चिसो बढ्दो जनजीवन प्रभावित बन्न थालेको छ ।