कर्मैया – सर्लाहीको बागमती नगरपालिका–११, मा रहेको पशुपति सामुदायिक प्राथमिक विद्यालयमा आइतबार विद्यालयका व्यवस्थापन समिति सदस्य प्रकाश केसीले खेल सामग्री सहयोग गरेका छन् ।
स्थानीय समाजसेवी केसीले आफ्नो ७ औँ वैवाहिक वर्षगाँठको अवसरमा विद्यालयमा ३ सेट ब्याडमिन्टन र कक तथा ३ थान स्किपिङ (डोरी) सहयोग गरेका हुन् । उनले सोमबार बिहान शिक्षक तथा विद्यार्थीलाई ती सामग्री हस्तान्तरण गरेका पशुपति सामुदायिक आधारभूत विद्यालयले जनाएको छ ।
बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले खेल सामग्री सहयोग गरेको समाजसेवी केसीले बताए ।