सासापुर – मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहले आइतबार दिउँसो प्रादेशिक अस्पताल मलंगवा र साँझमा हरिवन नगर अस्पताल (सासापुर स्वास्थ्य चौकी) को अनुगमन गरेका छन् ।
उनले अनुगमनका क्रममा अस्पतालको अवस्थाबारे जानकारी लिई दुवै अस्पतालको विकासका लागि सहयोग गर्ने वचन दिएका छन् । उनले अस्पतालका स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिसँग अस्पतालका समस्याबारे ब्रिफिङ लिए ।
मन्त्री सिंह आइतबार साँझ हरिवन नगरपालिका ४ पटौनाक्षेत्रमा बालाचतुर्दशीको अवसरमा आयोजित दीप प्रज्वलन (बत्ती बाल्ने) कार्यमा पनि सरिक भएका छन् ।