logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

मानव अधिकार दिवसको अवसरमा लालबन्दीमा दीप प्रज्वलन


  • उज्यालो अभियान

लालबन्दी – अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा गएसाँझ (आइतबार साँझ) लालबन्दीमा दीप प्रज्वलन गरिएको छ ।

लालबन्दी जेसीजको आयोजनामा सम्पूर्ण मानव जगतको मौलिक तथा नैसर्गिक अधिकार सुनिश्चितताका लागि भन्ने नारासहित लालबन्दी नगरपालिका ७ स्थित बजारमा दीप प्रज्वलन गरिएको हो । यहाँका जनप्रतिनिधि, राजनीतिज्ञ, युवा, जेसीज पदाधिकारीलगायतको उपस्थितिमा दीप प्रज्वलन गरिएको लालबन्दी जेसीजका अध्यक्ष मनोज बख्रेलले जानकारी दिए ।

अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा लालबन्दीमा नै हिजो बिहान एमनेष्टी इन्टरनेशनल ग्रुप ७८ ले प्रदेश सभा सदस्य बेची लुंगेली, नगरप्रमुख बासुदेव अधिकारीलगायतको उपस्थितिमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको थियो ।