logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

मलंगवामा अनेरास्ववियुको प्रदर्शन


  • उज्यालो अभियान

मलंगवा – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आज (आइतबार) सर्लाही सदरमुकाम मलंगवामा भ्रष्टाचारको विरोध गर्दै प्रदर्शन गरेको छ ।

अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश सह–इन्चार्ज समिमबाबु पठानको नेतृत्वमा मलंगवा बजारमा र्याली निकाली प्रदर्शन गरिएको हो । ऐनसेल खरिद–बिक्री प्रकरणबारे सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र त्यहाँ भएको भ्रष्टाचारको छानविन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको पठानले जानकारी दिए ।

र्यालीमा सहभागीले उच्चस्तरीय छानविन समिति गठन गर, ऐनसेललाई राष्ट्रियकरण गरलगायत नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।