logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

‘सिस्टर हुड नेपाल’ मा आवद्ध किशोरीद्वारा सरसफाई


  • उज्यालो अभियान

लालबन्दी – ‘सिस्टर हुड नेपाल’ मा आवद्ध किशोरीहरुले आज (शनिबार) बिहान लालबन्दी नगरपालिका–७, स्थित राधाकृष्ण मन्दिर परिसर र डुमडुमे पोखरी क्षेत्रमा सरसफाई गरेका छन् ।

सो समूहमा आवद्ध किशोरीहरु स्वतस्फूर्त रुपमा सहभागी भई यहाँको धार्मिक तथा पयर्टकीय स्थल डुमडुमे मन्दिर तथा पोखरी परिसरमा सरसफाई गरेका हुन् । आफूहरुले वर्षेनि यस प्रकारको सामाजिक काम गर्दै आइरहेको ‘सिस्टर हुड नेपाल’ सर्लाही अध्यक्ष रेणु पोखरेल (कायरा) ले जानकारी दिईन् ।

किशोरीहरुको यो समूहले गत वर्ष मुसहर महिलाहरुलाई महिनावारी सम्वन्धी सचेतना जगाई सेनेटरी प्याड वितरण गरेको थियो ।