logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सामाजिक सुरक्षा नीति निर्माण सम्वन्धी २ दिने कार्यशाला सुरु


  • उज्यालो अभियान

हरिपुर – सर्लाहीको ईश्वरपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका लागि सामाजिक सुरक्षा नीति निर्माण सम्वन्धी २ दिने कार्यशाला सुरु भएको छ ।

लालबन्दीस्थित नमस्ते होटलमा ग्रामीण नारी उत्थान संघ हरिपुरको आयोजना तथा सेभ द चिडे«ेनको सहयोगमा कार्यशाला आज (शुक्रबार) बाट सुरु भएको हो । सहभागीलाई सेभका गोपाल नेपालीले सामाजिक सुरक्षा नीतिका विविध पाटाका विषयमा प्रष्ट पार्ने आयोजकले जनाएको छ ।

कार्यशालामा ईश्वरपुर नगरपालिकाकी उपप्रमुख रन्जितादेवी चौधरी, पहुँच परियोजना संचालन भएको ईश्वरपुर नगपालिकाको वडा नं. ५ देखि १० सम्म वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत हीराकाजी श्रेष्ठ, विभिन्न शाखाका प्रमुखलगायतको उपस्थिति छ ।

सामाजिक सुरक्षा नीतिको दुरदृष्टि, ध्येय, लक्ष्य, उद्देश्य र रणनीति चय गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको ग्रामीण नारी उत्थान संघका पहुँच परियोजना संयोजक आशिष रेग्मीले जानकारी दिनुभयो । उनले सामाजिक सुरक्षा नीति तय गर्न यही कार्यशालाबाट समिति बनाइने र समितिले नीति ड्राफ्ट गरेर नगर कार्यपालिकाबाट पारित गर्नेसम्मको पहल गर्ने बताए ।

केही समय लगत्तै हरिपुरका जनप्रतिनिधि र कर्मचारीका लागि पनि यस्तै प्रकारको कार्यशाला आयोजना गरिने आयोजकले जनाएको छ ।