logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

तामाङ पत्रकार संघको २० औँ स्थापना दिवस मनाइयो


  • उज्यालो अभियान

बागमती – तामाङ पत्रकार संघको २० औं स्थापना दिवस हिजो (बिहीबार) सर्लाहीमा पनि मनाइएको छ ।

बागमतीस्थित निर्माणाधीन बागमती माछापोखरी (भरत ताल) परिसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरी दिवस मनाइएको संघका केन्द्रीय सदस्य राजु लो तामाङले जानकारी दिए । बागमतीकी उपप्रमुख लिला कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो ।

उपप्रमुख मोक्तानले संघले तामाङ समुदायको हकहित तथा प्रवद्र्धनका लागि काम गरिरहेकोमा धन्यवाद ज्ञापन गरिन् । तामाङ समुदायबाट सर्लाहीमा पत्रकारिता क्षेत्रमा उपस्थिति न्यून रहेको भन्दै यो क्षेत्रमा आउन चाहने तामाङ युवालाई साथ र हौसल्ला खाँचो रहेको उनको भनाई छ ।

उनले आगामी दिनमा तामाङ पत्रकार संघ र पत्रकारहरुलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेकी छन् । कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय सदस्य जयमान पाख्रिन, प्रदेश अध्यक्ष यमलाल गोले, जिल्ला अध्यक्ष बुद्ध लामा, बागमती नगर घेदुङका अध्यक्ष जय गोले, उपाध्यक्ष सरिता घिसिङ, बागमती नगरपालिका १ र २ का वडाध्यक्ष क्रमशः गम्भीर सिं पाख्रिन र टेक बहादुर बल, राष्ट्रिय भूमि अधिकार मन्च सर्लाहीका पूर्व अध्यक्ष जितबहादुर गोलेलगायतको उपस्थ्तिि रहेको थियो ।

संघले हाल नेपालमा २२ वटा जिल्ला, दुई प्रदेश ः बागमती र कोशी तथा प्रवास दक्षिण कोरियामा समेत शाखा विस्तार गरेको छ ।