लालबन्दी – लालबन्दीमा २० जना महिलालाई मर्यादित महिनावारीसम्वन्धी दुई दिने तालिम प्रदान गरिएको छ ।
राधा पौडेल फाउण्डेसनको सहयोग तथा बाल संरक्षण संस्था लालबन्दीको आयोजनामा लालबन्दी ९ डुमडुमेस्थित बाल संरक्षण संस्थामा हिजो र आज दुई दिन तालिम प्रदान गरिएको हो । यौन तथा प्रजनन स्वास्थ्यका लागि मर्यादित महिनावारी परियोजना अन्तर्गत आयोजित तालिममा लालबन्दीको वडा नं. ३, ९ र १० का महिलालाई सहभागी गराइएको आयोजकले जनाएको छ ।
सहभागी महिलालाई परियोजनाकी संयोजक सरिता कटुवालले मर्यादित महिनावारी भनेको के हो ?, महिनावारी हुँदा गरिने विभेद, यौन तथा लैंगिक हिंसा, रजनोवृत्ति लगायतका विषयमा सहभागी महिलालाई प्रशिक्षण दिएकी छन् ।