चिताईन – सर्लाहीको हरिपुर नगरपालिका–७, चिताईन र पछगछियामा आज (बुधबार) बाल विवाह न्यूनिकरण सम्वन्धी जनचेतनामूलक र्याली निकालिएको छ ।
वडा स्तरीय बाल अधिकार समितिको आयोजना, हरिपुर नगरपालिका वडा नं. ७ को समन्वय र ग्रामीण नारी उत्थान संघको सहयोगमा जनचेतनामूलक र्याली निकालिएको हो । “कुरीति र विसङ्गति खोला तिर बगाई देऊ, विवाह गर्न हतार छैन उच्च शिक्षा पढाई देऊ” भन्ने मूल नाराका साथ निकालिएको र्यालीमा वडाध्यक्ष मनोजकुमार चौधरी, ग्रामीण नारी उत्थान संघका कर्मचारी, हरिपुर ७ स्थित लक्ष्मीनाथ आधारभूत विद्यालय चिताईन र श्रवण जनता आधारभूत विद्यालय पचगछियाका शिक्षक तथा विद्यार्थीलगायत सहभागी भएका थिए ।
बालविवाह न्यूनिकरण गर्ने उद्देश्यले अहिले ग्रामीण नारी उत्थान संघको सहयोगमा हरिपुरमा यस प्रकारको सचेतनामूलक अभियान संचालन भइरहेका छन् ।