सोल्टी – सर्लाही क्षेत्र नं. ३ (क) का प्रदेश सभा सदस्य जवाहारलाल कुशवाहा माओवादी केन्द्र मधेश प्रदेश सभा संसदीय दलको सचेतकमा मनोनित भएका छन् ।
संसदीय दलको कार्यालयले प्रदेश सांसद कुशवाहालाई सचेतकको जिम्मेवारी दिएको हो । प्रमुख सचेतकमा सर्लाहीकै क्षेत्र नं. ४ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य फकिरा महतो हुन् ।
प्रमुख सचेतक नभएका बेला सचेतकले सदन चलाउने विषयमा परापर्श समितिको बैठक बस्दा, कुनै बेला संसदमा अवरोध भए संसद खुलाउने विषयमा बैठक बस्दा लगायत ठाउँमा पार्र्टीको तर्फबाट सहभागी हुन पाउँछन् । माओवादीको सचेतक बनेका कुशवाहा स्वतन्त्रबाट उम्मेदवारी दिएर बिजयी भएपछि पछि माओवादीमै सक्रिय भए ।
यस क्षेत्रमा गठवन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका (हाल एमालेमा प्रवेश) डिल्ली प्रसाद उप्रेतीले टिकट पाएपछि कुशवाहाले माओवादी नेताहरुको भित्री साथका बाबजुत उम्मेदवारी दिएर बिजयी भएका थि ।