logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

२० औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस सर्लाहीमा पनि मनाइयो


  • उज्यालो अभियान

बरहथवा – आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस : यो दिनलाई नेपालमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका रुपमा मनाउने गरिन्छ ।

यसवर्ष २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस ‘स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकाको संयुक्त प्रयास’ नाराका साथ मनाइएको छ । सर्लाहीका २० वटै पालिकामा यो दिवस मनाइएको छ । महिला स्वयंसेविकालाई सम्मान, अन्तक्र्रिया, ¥याली लगायतका कार्यक्रम गरी जिल्लाका सबै पालिकाले यो दिवस मनाएका हुन् ।

आजको दिन महिला स्वास्थ्य स्वयंसेविकाको कामको कदर र मनोबल उच्च राख्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम हुने गरेका छन् ।

नेपालमा बालबालिका तथा मातृ मृत्यदर प्रभावकारी रूपमा घट्नुमा स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय भूमिका रहेको युनिसेफले जनाएको छ । तर, उनीहरुको पारिश्रमिक ज्यादै न्यून छ ।

महिला स्वास्थ्य स्वयंसेविकाको मुख्य काम महिला तथा बालबालिकाको क्षेत्रमा भएपनि कतिपय अवस्थामा स्वयंसेवकका रूपमा खटाउने गरिएको छ ।