logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

किशोर किशोरीलाई जीवन उपयोगी र सुरक्षात्मक तालिम


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दीमा जिल्लाको हरिपूर्वा र पर्साका किशोर किशोरीका लागि जीवन उपयोगी तथा सुरक्षात्मक सीप सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ ।

बागमती सेवा समाज नेपाल हरिवनले वल्र्ड भिजन इन्टरनेशनलको सहयोगमा पर्सा गाउँपालिका र हरिपूर्वा नगरपालिकाको समन्वयमा हिजोबाट १० दिने तालिम सुरु गरेको हो । बाल संरक्षण तथा समुदाय संलग्नता स्पोन्सरशीप परियोजना अन्तर्गत उपेक्षा, दुव्र्यवहार र हिंसा व्यवस्थापनका लागि किशोर किशोरीलाई सशक्तीकरण गर्न तालिम सुरु गरिएको बागमती सेवा समाज नेपालका परियोजना संयोजक प्रमेश बादेले जानकारी दिए ।

तालिममा हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकाका विद्यार्थी सहभागी भएका बादेले बताए ।