जुटपानी – निवर्तमान रक्षामन्त्री एवं सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेतीले वृद्धाश्रम र विपन्न बस्तीमा कम्बल वितरण गरेका छन् ।
चिसो बढ्दै जाँदा जनजीवन प्रभावित हुन थालिसकेका बेला उप्रेतीले हिजो पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम जुटपानीका बृद्धवृद्धालाई ५० थान र चक्रघट्टा गाउँपालिकाको शिवनगरका गरिब तथा विपन्न परिवारलाई १०० थान कम्बल वितरण गरेका हुन् । उप्रेतीले यसअघि घुर्कौली बालगृह र मानव सेवाश्रम कैलाशपुरी हरिवनमा यसैगरी कम्बल वितरण गरेका थिए ।
उनले व्यक्तिगत खर्चमा कम्बल उपलब्ध गराइरहेका हुन् ।