मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा मधेश प्रदेश प्रेस काउन्सिलका अध्यक्ष स्वर्गिय शिवहरि भट्टराईको स्मृतिमा आइतबार साँझ दीप प्रज्वलन गरिएको छ ।
भट्टराईको गएको वर्ष आजैका दिन नेपाल पत्रकार महासंघ सर्लाही शाखाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन सर्लाही आएका बेला पत्थरकोटमा निधन भएको थिया । उनको सम्झना गर्दै आइतबार साँझ मलंगवास्थित शहीद चोकमा दीप प्रज्वलन गरिएको हो ।
नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्री, महासंघका मधेश प्रदेश सचिव अजित सिंह, पूर्व जिल्ला अध्यक्ष एवं हाल मधेश प्रदेशका कोषाध्यक्ष समेत रहनुभएका विश्वनाथ ठाकुर, जिल्ला सचिव सुनिल ठाकुर, पूर्व जिल्ला उपाध्यक्ष बत्तियार अली, अकोराबका मधेश प्रदेश अध्यक्ष मनोजकुमार यादवसहित अन्य संचारकर्मीको उपस्थितिमा दीप प्रज्वलन गरिएको हो ।