logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बरहथवामा आयोजित क्रिकेटको उपाधि जनकपुरलाई


  • उज्यालो अभियान

बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका–२ मा आयोजित प्रथम नारायण बहादुर अमात्य स्मृति टि–२० क्रिकेट कपको उपाधि जनकपुरले हात पारेको छ ।

टिम सिम्रौनगढ बारालाई ४० रनले पराजित गर्दै टिम जनकपुर धनुषाले उपाधी हात पारेको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले १९ ओभरमा अलआउट हुँदै १२५ रन जोड्यो । १२६ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रिएको टिम सिम्रौनगढले १७.४ ओभरमा अल आउट भइ ८६ रन मात्र बनाउन सक्यो ।

प्रतियोगिताको बिजेता टिम जनकपुरले कप र प्रमाण–पत्रसहित नगद १ लाख ११ हजार १ सय ११ रुपियाँ हात पारेको छ । उपबिजेता टिम सिम्रौनगढले कप र प्रमाण–पत्रसहित नगद ५५ हजार ५ सय ५५ रुपियाँ प्राप्त गरेको छ ।

बरहथवा निवासी सजन आमात्यले आफ्नो स्वर्गीय पिता नारायण बहादुर आमात्यको सम्झनामा आयोजना गरेका प्रतियोगितामा २० वटा टिमले सहभागिता जनाएका थिए ।