logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बरहथवा ५ मा पूर्ण अपाङ्ग र ज्येष्ठ नागरिकलाई सिरक वितरण


  • उज्यालो अभियान

बरहथवा  – सर्लाहीको बरहथवा नगरपालिका–५ मा आज (शनिबार) वडाभित्रका पूर्ण अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

वडा कार्यालयले राधाकृष्ण मन्दिर परिसरमा कार्यक्रम गरी वडाभित्रका १० जना पूर्ण अपाङ्ग र बाँकी ज्येष्ठ नागरिक गरी ३२० जनालाई एक थान सिरक र तकिया प्रदान गरी सम्मान गरेको हो । चिसो मौसम सुरु भएसँगै ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई न्यानो मिलोस् भन्ने उद्देश्यले सिरक वितरण गरिएको वडाध्यक्ष शिवकुमार सिंहले जानकारी दिए ।

वडाध्यक्ष सिंह, मधेश प्रदेश सभाका सदस्य जवाहारलाल कुशवाहा, पूर्व सभासद् हरेश महतो, बरहथवा नगरपालिकाका उपप्रमुख रामबाबु साहलगायत भएर सिरक र तकिया वितरण गरेका हुन् ।