logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीको मौसम : चुरेभेगमा बिहानैदेखि पारिलो घाम, दक्षिणी भेगमा हुस्सु


  • उज्यालो अभियान

परवानिपुर – सर्लाहीको उत्तरी चुरेभेगको मौसम पारिलो घाम लागेर उघ्रिएको छ ।

ईश्वरपुर, लालबन्दी, हरिवन र बागमतीको चुरेभेगमा मौसम सफा रहेको स्थानीयले बताएका छन् । चुरेभेगमा घाम लाग्न थालेपनि चिसो हावा बहिरहेको छ ।

स्थानीयका अनुसार सदरमुकाम मलंगवासहित कौडेना, गोडैता, बलरा, रामनगर, ब्रम्हपुरी, पर्सा, हरिपूर्वालगायत दक्षिणी क्षेत्रको मौसम भने अहिले हुस्सु लागेर मौसम धुम्म रहेको छ ।

जिल्लामा केही दिनदेखि चिसो बढ्दै गइरहेको छ ।