जब्दी – सर्लाहीको लालबन्दी नगरपालिका–३, जब्दीमा आयोजित दोस्रो जिल्ला स्तरीय नकआउट भलिबल प्रतियोगिताको उपाधि एभरेष्ट आवासिय विद्यालय लालबन्दीले उचालेको छ ।
वेष्ट फाइभको खेलमा मिलनचोक युवा समाज बागमतीलाई ३–२ को सेटमा पराजित गर्दै एभरेष्ट आवासिय विद्यालय लालबन्दी बिजेता बनेको हो । बिजेता एभरेष्टले २० हजार तथा उपबिजेता मिलनचोकले १० हजार नगदसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।
त्रिवेणी मेला समितिले जब्दीस्थित फूलजोर खोला किनारमा आयोजना गरेको प्रतियोगितामा दोभान युवा क्लब जब्दी, गढिमाई युवा क्लब भैरवपुर र श्री राजदेवी युवा क्लब सिस्वा सह–आयोजक रहेका थिए । प्रतियोगिताको बिजेता तथा उपबिजेता र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई लालबन्दी ३ का वडाध्यक्ष वुद्धदेव चौधरी, ईश्वरपुर ८ का वडाध्यक्ष श्याम थापा, मेला आयोजक समितिका अध्यक्ष मुक्तिनारायण चौधरीलगायत भएर पुरस्कार वितरण गरे ।
प्रतियोगितामा ११ वटा क्लब सहभागी भएका भलिबल सङ्घ मधेश प्रदेशका महासचिव रामाशङ्कर चौधरीले जानकारी दिए ।