logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

घुर्कौलीमा १६० जना विद्यार्थीलाई स्कुल ब्याग वितरण


  • उज्यालो अभियान

घुर्कौली – सर्लाहीको हरिवन नगरपालिका–७, घुर्कौली पर्ताटोलमा रहेको जनजागृति प्राथमिक विद्यालयका विद्यार्थीलाई आज (मंगलबार) स्कुल ब्याग वितरण गरिएको छ ।

स्वोर्णिका श्रेष्ठ स्मृति प्रतिष्ठानले विद्यालयमा अध्ययन गर्ने सम्पूर्ण १६० जना विद्यार्थीलाई विद्यालय जानका लागि ब्याग वितरण गरेको हो । प्रतिष्ठानका श्याम श्रेष्ठ, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), वडाध्यक्ष निरध्वज कार्की, वडाध्यक्षका प्रत्यासी अशोक थापा, विद्यालयकी प्रधानाध्यापक गोमा थापालगायत भएर विद्यार्थीलाई स्कुल ब्याग हस्तान्तरण गरे ।

स्वोर्णिका श्रेष्ठ स्मृति प्रतिष्ठानले यसरी वर्षेनि विभिन्न विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग वितरण गर्दै आइरहेको छ ।