logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

शिक्षा पुरस्कारका लागि एक लाखको अक्षय कोष स्थापना


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवन नगरपालिका वडा नं. ८ को एक परिवारले आफ्ना स्वर्गीय अभिभावककोे स्मृतिमा शिक्षा पुरस्कारको लागि एक लाखको अक्षय कोष स्थापना गरेको छ ।

स्वर्गीय वालकृष्ण वाग्लेको परिवारले हरिवन नगरपालिका ८ कै बेतालीमा रहेको जनजागृति माध्यामिक विद्यालयमा एक लाखको अक्षय कोष स्थापना गरेको हो । हरेक वर्ष कक्षा ८ मा सर्वोत्कृष्ट अंक ल्याएर उतीर्ण हुने एक छात्रा र एक छात्र गरी दुई विद्यार्थीलाई पुरस्कार प्रदान गर्न एक लाखको वालकृष्ण स्मृति पुरस्कार कोष स्थापना गरेको उहाँका कान्छा छोरा चूडामणि वाग्लेले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व रक्षामन्त्री एवं प्रतिनिधि सभाका सदस्य हरि प्रसाद उप्रेतीले विद्यालयलाई अक्षय कोषको रकम हस्तान्तरण गरेका छन् । यो वर्षको पुरस्कार उक्त जनजागृति माध्यामिक विद्यालयवाट कक्षा ८ मा प्रथम भएका विद्यार्थी तेज वहादुर बस्नेत र द्धितीय विद्यार्थी शिवानी बोम्जनले प्राप्त गरेका छन् । उनीहरुलाई नगद दुई हजार पाच सय र प्रमाण पत्र प्रदान गरिएको विद्यालयले वताएको छ ।

अक्षय कोष एवं पुरस्कार हस्तान्तरण कार्यक्रममा पुर्व रक्षा मन्त्री हरि उप्रेती, हरिवन नगरपालिकाका नगर प्रमुख रमेश वुढाथोकी, वडा अध्यक्ष प्रज्वल ढुंगाना लगायतले वाग्ले परिवारले गरेको काम प्रशंसनीय भएको धारणा राखे । उनीहरुले यो कोष स्थापनाले अरुलाई पनि यस्तो काम गर्न प्रेरणा मिल्ने बताए ।

अर्को वर्षदेखि अक्षय कोषको व्याजवाट पुरस्कारलाई निरन्तरता दिईने विद्यालयका प्रधानाध्यापक चन्द्र मोहन झाले जानकारी दिए ।

कार्यक्रममा विद्यार्थी, अभिभावक, जनप्रतिनिधि र स्थानीयबासीको उपस्थिति थियो ।