logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मलंगवा : फोहोरमा फालिएको जुम्ल्याह नवजात शिशुको शव भेटियो


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल । (तस्बीर : उज्यालो अभियान)

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा फोहोरमा फालिएको जुम्ल्याह नवजात शिशुको शव फेला परेको छ ।

मलंगवा नगरपालिका–९, स्थित सडक छेउमा थुपारिएको फोहोरको थुप्रोमा अन्दाजी ५/६ महिनाजतिको देखिने मृत जुम्ल्याह शिशु फेला परेका हुन् । बाटो हिँड्ने बटुवाले जुम्ल्याङ मृत शिशु देखेपछि प्रहरीमा खबर गरेका सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियार थारुले उज्यालो अभियानसँग बताए ।

मृतक शिशुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । शिशु फाल्नेको खोजी सुरु गरिएको डीएसपी थारुले जनाए ।

अवैध सम्वन्धबाट गर्भ बसेपछि शल्यक्रिया गरी यि शिशु फालेको आशङ्का गरिए पनि यस सम्वन्धमा सुक्ष्म ढंगले अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनायो ।

सदरमुकाम मलंगवामा पटक–पटक यसरी फालिएको नवजात शिशुको शव फेला पर्ने गरेको छ । यहाँ अवैध ढंगले गर्भपतन गराउने कानून विपरीतका निजी अस्पताल र क्लिनिक प्रशस्तै रहेका समाचार स्रोतले जनाउँछ ।