logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

ईश्वरपुरमा ५२१ जना महिलाको स्त्री रोग विशेषज्ञद्वारा निःशुल्क स्वास्थ्य परीक्षण


  • उज्यालो अभियान

ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिकाका ३ वटा स्वास्थ्य चौकीमा एकीकृत महिला प्रजनन् स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।

मंसिर ८ गते भक्तिपुर स्वास्थ्य चौकी, मंसिर ९ गते कालिन्जोर स्वास्थ्य चौकी र मंसिर १० गते गौरीशंकर स्वास्थ्य चौकीमा निःशुल्क शिविर सम्पन्न गरिएको हो । यि तीन ठाउँको शिविरमा स्त्री रोग विशेषज्ञबाट ५२१ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको ईश्वरपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुगेन्द्र महतोले जानकारी दिए । उनका अनुसार शिविरमा परीक्षण गरिएकामध्ये १८ जना महिलामा पाठेघर झर्ने समस्या देखिएको छ ।

त्यस्तै, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन ४०२ जनाको एचपीभी डीएनए स्क्रिनिङ विधिबाट स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा पठाउन तयार गरिएको स्वास्थ्य शाखा संयोजक महतोले बताए । ईश्वरपुर नगरपालिकाले रुपान्तर नेपाल नामक संस्थासँग समन्वय गरी महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

नगरप्रमुख मनोजकुमार आचार्यको अध्यक्षतामा शिविर सम्पन्न गरिएको स्वास्थ्य शाखाले जनायो ।