logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

स्वर्गिय बरालको स्मृतिमा धार्मिक कार्यक्रम


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनका समाजसेवी स्वार्गिय क्षेम प्रसाद बरालको स्मृतिमा धार्मिक कार्यक्रम सम्पन्न गरिएको छ ।

२०५४ सालमा तत्कालीन हरिवन गाबीस वडा न. १ को अध्यक्ष भएको स्वर्गिय बरालले रोपेको वर पीपलको विवाह, दिप प्रज्वलन र प्रवचन कार्यक्रम सम्पन्न गरिएको हो । हाल हरिवन नगरपालिकाको वडा नं. ८ मा पर्ने स्वर्गिय बरालले बिकाश गरेका वनबाटिका स्थलमा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा वक्ताहरूले स्वर्गिय बरालले निस्वार्थ समाज सेवा र नमुना जनप्रतिनिधि भएको स्मरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतीथी पूर्व मन्त्री एवं सर्लाही क्षेत्र नं. ३ का संघीय सांसद हरिप्रसाद उप्रेती ,हरिवन नगरपालिकाको प्रमुख रमेश बुढाथोकी (कमल) उपप्रमुख हरिमाया घलान वडा नं. ८ को वडा अध्यक्ष प्रज्वल ढुगाना,बबगन्ज थापा, कृष्ण प्रसाद भट्टराई ,निरज कार्की ,चुडामणि वाग्ले लगायतका व्यक्तित्वहरुले स्वर्गिय बरालको चर्चा गरिएको थियो ।

स्वर्गिय बरालका छोरा चेत प्रसाद बरालले बुबाले गरेको योगदानको कदर गर्दै स्थानीयहरुमाझ धार्मिक कार्यक्रम गरेको बताए ।