logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सागरनाथ एकादशी मेलाको औपचारिक उद्घाटन


  • उज्यालो अभियान

सागरनाथ – सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथमा लागेको एकादशी मेलाको आज (बिहीबार) औपचारिक उद्घाटन गरिएको छ ।

ऐतिहासिक सागरनाथ मन्दिरमा लागेको मेलाको आज सागरनाथ मन्दिर समितिका अध्यक्ष कमलप्रसाद मैनालीको अध्यक्षता तथा ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलासहित अन्य सुरक्षा निकायका प्रमुखलगायतको आतिथ्यता रहेको थियो ।

हिजोदेखि नै सुरु भएको मेला भोलीसम्म चल्ने छ । सागरनाथ मन्दिरमा आज हरिबोधिनी एकादशीका अवसरमा दर्शन गर्नेहरुको अत्यधिक भिड लागेको थियो ।