प्रतिकात्मक तस्बिर ।
सिसौट – सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित रामनगर गाउँपालिका–६, सिसौटमा मोटरसाइकलले ठक्कर दिँदा एक जना साइकल यात्रीको मृत्यु भएको छ ।
गएसाँझ ७ बजेतिर बरहथवाबाट गडहीयातर्फ गइरहेको बा ९१ प ४२६९ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा हिँडिरहेका गोडैता नगरपालिका–४, का ४५ वर्षीय अमिर खाँ हजारीको मृत्यु भएको हो । हजारीलाई प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगञ्जतर्फ लैजाँदै गर्दा प्रादेशिक अस्पताल कलैया, बारामा चेकजाँच गर्नेक्रममा चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीले जनायो ।
दुर्घटनापछि मोटरसाइकलका चालक फरार छन् भने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।