logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

जुटपानी : तीन घण्टापछि सडक सूचारु


  • उज्यालो अभियान

नवलपुर – विद्यालयको बसले किचेर एक विद्यार्थीको मृत्यु भएपछि हरिपुर नगरपालिका–८, जुपटानीमा स्थानीय वासिन्दाले नवलपुर–मलङ्गवा सडकखण्डमा गरेको चक्काजाम तीन घण्टापछि खुलेको छ ।

मंगलबार अपरान्ह लालबन्दी नगरपालिका–१, नवलपुरमा रहेको जे.आई.सी. अङ्ग्रेजी आवासीय विद्यालयको बसले किच्दा हरिपुर ८ घर भई हाल लालबन्दी २ मा बसोवास गर्दै आएका वीरेन्द्र पासवानका छोरा ६ वर्षका आदित्य पासवानको मृत्यु भएको थियो । बालकलाई उपचारका लागि शुभस्वस्तिक अस्पताल बर्दिवास पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनायो ।

बालक सोही विद्यालयको एलकेजीमा अध्ययनरत् थिए । प्रत्यक्षदर्शीका अनुसार विद्यालयबाट घर छाडेर फर्किएको बसले बालकलाई किचेको हो ।

बालकको मृत्युपछि आक्रोशित स्थानीय वासिन्दाले गएसाँझबाट गरेको चक्काजाम राति ९ बजेपछि खुलाइएको प्रहरीले जनायो । बालकको परिवारलाई उपलब्ध गराइने क्षतिपूर्ति तथा दुर्घटनाका सम्वन्धमा आज इलाका प्रहरी कार्यालय हरिपुरमा थप छलफल गर्ने सहमतिमा राजमार्ग खुलाइएको प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए ।

उनका अनुसार बसका चालक प्रहरी नियन्त्रणमा छन् । दुर्घटना लगत्तै बालकलाई विद्यालयको बसमै हालेर बर्दिवास पुर्याइएको थियो ।

सो बस भने प्रहरीको निगरानीमा बर्दिवासमै रहेको छ । मृतक बालकको शब शुभस्वस्तिक अस्पताल बर्दिवासमै रहेको हरिपुरका प्रहरी निरीक्षक सापकोटाले बताए ।