मलंगवा – छठको बिदापछि बन्द भएका सर्लाहीसहित मधेश प्रदेशका सरकारी कार्यालय अब आज (मंगलबार) बाट खुल्दै छन् ।
तिहारपछि यहाँका सरकारी कार्यालय मंसिर १ गते शुक्रबार केही घण्टा मात्रै खुले । त्यो दिन कार्यालयमा खासै कर्मचारी थिएनन् । लगत्तै छठ बिदा सुरु भयो ।
अन्य प्रदेशमा हिजैबाट सरकारी कार्यालय खुलेपनि मधेश प्रदेश सरकारले भने हिजो सोमबार थप एक दिन प्रदेशभित्र छठ पर्वको बिदा दिएको थियो । त्यो बिदा पनि सकिएपछि अब आजबाट प्रदेशभित्रका सम्पूर्ण कार्यालयसहित बैंक तथा वित्तीय संस्था खुल्न लागेका हुन् ।
लामो बिदाका कारण सेवाग्राहीले सरकारी कार्यालय तथा बैंक एवं वित्तीय संस्थाबाट लिनुपर्ने सेवा रोकिएका छन् ।
तिहारको लक्ष्मीपूजादेखि बन्द भएका सरकारी कार्यालय आबाट पूर्ण रुपमा संचालनमा आउन लागेका हुन् ।