logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

विश्व बाल दिवसको अवसरमा सरसफाई


  • उज्यालो अभियान

हरिपुर – विश्व बाल दिवसका अवसरमा सोमबार सर्लाहीको हरिपुर नगरपालिका–२, मा सरसफाई गरिएको छ ।

हरिपुरस्थित महावीर जनता माध्यमिक विद्यालयदेखि बागमती सिँचाईको नहरमा निर्माण गरिएको छठघाटसम्मको सडक सरसफाई गरिएको हो । वडा बाल समिति, विद्यालयमा गठन भएको बाल क्लब, न्यू लाईट बाल क्लब, उद्योग वाणिज्य संघ हरिपुर, इलाका प्रहरी कार्यालय हरिपुर र ग्रामीण नारी उत्थान संघ हरिपुरको संयुक्त आयोजनामा सरसफाई गरिएको हो ।

सहभागी सबै भएर सडकसहित छठघाटमा भएका फोहोर सरसफाई गरेका छन् ।

हरिपुर नगरपालिका २ का वडाध्यक्ष निलबिक्रम थापाको प्रमुख आतिथ्यतामा आयोजित सरसफाई कार्यक्रममा उद्योग वाणिज्य संघ हरिपुरका अध्यक्ष शंकरप्रसाद दाहाल, महावीर जनता मा.वि. का प्रधानाध्यापक अमृतलाल मोक्तानलगायतको उपस्थिति रहेको थियो ।