logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

छठघाट बनाउन खटिएका युवकको पोखरीमा डुबेर मृत्यु


  • उज्यालो अभियान

मृतक सन्तोष साह ।

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका–७, पोखरी टोलमा आज (आइतबार) बिहान छठघाट निर्माण गर्न खटिएका एक युवकको पोखरीमा डुबेर मृत्यु भएको छ ।

घर नजिकको पोखरीमा आज बेलुका छठीमाताको पूजा गर्न छठघाट निर्माण गर्नेक्रममा ईश्वरपुर नगरपालिका–६, बयलवास निवासी भुवनेश्वर साहका २२ वर्षीय छोरा सन्तोष साहको मृत्यु भएको हो । बिहान ११ बजेतिर युवकलाई पोखरीको पानीमा डुब्नासाथ उद्धार गरी अमृत हेल्थ केयर बयलवास ल्याइयो ।

सोही अस्पतालमा उपचारका क्रममा युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगञ्जक प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले उज्यालो अभियानसँग बताए ।

मृतक युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ । परिवारका अनुसार युवक केही सातापछि अष्टे«लिया जाने तयारीमा थिए ।

छठ पूजाको भव्य तयारीमा जुटेका स्थानीय युवकको दुःखद निधनपछि स्तब्ध बनेका छन् ।