logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

नेपाल बैंकको हरिवन र बरहथवा शाखाले पनि मनाए ८६ औँ स्थापना दिवस


  • उज्यालो अभियान

हरिवन – नेपाल बैंकको हरिवन र बरहथवा शाखाले पनि शुक्रबार आफ्नो स्थापना दिवस मनाएका छन् ।

बैंकले ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरी ८७ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यम स्थापना दिवस मनाएको हो । हरिवन र रहथवा शाखाले भने औपचारिक कार्यक्रम गरि स्थापना दिवस मनाए भने अन्य शाखाहरुले आआफ्नो किसिमले मनाएका छन् ।

हरिवनमा नगर प्रमुख रमेश बुढाथोकी (कमल) र वरहथवामा नगर प्रमुख कल्पना कुमारी कटुवालको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाइएकोे हो । दुवै स्थानको कार्यक्रममा स्थानीय उद्योगी,व्यापारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

हरिवनमा भएको कार्यक्रममा हरिवन उद्योग वाणिज्य संंघका पूर्व अध्यक्ष मोहन लाल श्रेष्ठ, एमाले नेता चुडामणि वाग्ले, हरिवन ईलाका प्रहरी कार्यालयका प्रमुख अनिल गिरी, व्यवसायी बिनोद मैनाली लगायतले शुभकामना मन्तव्य राखे ।

नेपालको पहिलो बैंकलाई आधुनिक, सफल र नेतृत्वदायि बैंकको रुपमा यस अवस्थासम्म पुर्याउन साथ, सहयोग, समन्वय गर्ने सम्पूर्ण महानुभावहरुमा हरिवन शाखा प्रमुख गोबिन्द त्रीपाठिले धन्यवाद दिएका छन।

सरकारी स्वामित्व रहेको कारणले बैंकको नाफा मात्र नभई उच्च सेवाभाव मुख्य ध्येय रहेको बरहथवा शाखा प्रमुख रोशन न्यौपानेले बताए ।

सर्लाहीमा यस बैंकको हरिवन, बरहथवा, हरिपुर,मलंगवा, पर्सा, बयलवास, भवानिपुरलगायतका ठाउँमा शाखा रही सेवा प्रदान हुने गरेको छ ।