logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

नवलपुरमा सर्लाही इँटा व्यवसायी संघको कार्यालय उदघाटन


  • उज्यालो अभियान

नवलपुर – सर्लाहीको नवलपुरमा आज (शुक्रबार) सर्लाही इँटा व्यवसायी संघको जिल्ला कार्यालय उद्घाटन गरिएको छ ।

संघका जिल्ला अध्यक्ष जगन्नाथ रायको अध्यक्षतामा लालबन्दी नगरपालिका १ नवलपुरस्थित मलंगवा बस स्टेन्ड नजिक संघको कार्यालय स्थापना गरिएको हो । कार्यालयको संविधान सभाका सदस्य एवं पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठ, सर्लाही क्षेत्र नं. १ का निवर्तमान संघीय सांसद प्रमोद साह, मधेश प्रदेश सभाकी सदस्य बेची लुंगेली लगायत भएर उद्घाटन गरेका हुन् ।

कार्यक्रममा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल), उपमेयर हरिमाया घलान, हरिवनका पूर्व मेयर गणेश प्रसाद प्रसाई, विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल राय यादव, नेपाल इँटा उद्योग महासंघका प्रथम उपाध्यक्ष एवं धनुषाको नगराईन नगरपालिकाका मेयर विनयकुमार यादव, महासंघको मधेश प्रदेशका अध्यक्ष बिक्रम साहलगायतको आतिथ्यता रहेको थियो ।

सर्लाही इँटा व्यवसायी संघका अनुसार जिल्लामा १३० वटाको हाराहारीमा इँटा उद्योग दर्ता भएकोमा अहिले ९२ वटा जतिमात्रै संचालनमा छन् । संघका पूर्व जिल्ला अध्यक्ष मेथुर चौधरीले कोरोना संक्रमणको बेला भएको लामो लकडाउन, गत वर्षको भीषण वर्षा र अहिले आएर बैंक तथा साहुबाट ऋण नपाउँदा इँटा उद्योग धरासायी बन्दै गएको गुनासो गरेका छन् ।

इँटा व्यवसायीले एउटा इँटा उत्पादन गर्न १२ रुपैयाँ खर्च लागेपनि त्यो मूल्यमा इँटा बेच्न पनि मुस्किल रहेको दुःखेसो पोखेका छन् ।

कार्यक्रममा सर्लाहीसहित महोत्तरी, धनुषालगायत जिल्लाका इँटा व्यवसायी समेत सहभागी भएका थिए ।