मलंगवा – सर्लाही सदरमुकाम मलंगवा निवासी समाजसेवी रामस्वरुप रायको निधन भएको छ ।
निस्वार्थी तथा असल समाजसेवीको छवी बनाएका मलंगवा नगरपालिका ३ निवासी रायको ८५ वर्षको उमेरमा निधन भएको हो । राय २०३७ सालमा स्थापना भएको सर्लाही जिल्लाकै सबैभन्दा जेठो सर्लाही क्याम्पस मलंगवाको स्थापना कालदेखि हालसम्म पनि व्यवस्थापन समितिको अध्यक्ष थिए ।
तत्कालिन मलंगवा–विष्णुपुरको प्रधानपन्च समेत रहेका राय रेडक्रसको सभापतिसहित थुप्रै सामाजिक संघसंस्थाको नेतृत्वमा समेत पुगे । रायको आज (बिहीबार) मलंगवास्थित झिमनदीमा रहेको घाटमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनायो ।
बिहान केहीबेर सर्लाही क्याम्पस परिसरमा रायको शव राखेर माल्र्यापणसहित श्रद्धान्जली व्यक्त गरिएको छ । त्यसपछि ठूलो संख्यामा राजनीतिज्ञ, उद्योगी, व्यापारीलगायतको उपस्थितिमा झिमनदीमा रायको पार्थिक शरीर लगेर अन्तिम बिदाई गरिएको छ ।