बरहथवा – बरहथवा प्रहरीले विभिन्न मिति तथा स्थानबाट बरामद गरेको विष्फोटकजन्य पदार्थ पटका आज (बिहीबार) नष्ट गरेको छ ।
बरहथवा नगरपालिका ८ स्थित सोती खोला छेउको खाल्डोमा पानी राखेर १ लाख १० हजार मूल्य बराबरको पटका नष्ट गरिएको प्रहरीले जनाएको हो । छिमेकी मुलुक भारतमा जताततै छ्यापछ्याप्ती उत्पादन तथा बिक्री हुने पटका नेपालमा भने प्रतिवन्ध छ ।
सर्लाही प्रहरीले बर्षेनि झैँ यो वर्ष पनि चाडपर्वमा पटका ओसारपसारमा कडाई गरेको दावी गरेपनि तिहारमा जताततै पटका पड्किएको आवाज सुनिथ्यो ।
प्रहरीले जति नै कडाई गरेपनि लुकिछिपी यसको किनबेच हुने गरेको छ ।