logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सशस्त्र प्रहरीद्वारा मलंगवाबाट २ लाख ३२ हजारको अवैध कपडा बरामद


  • उज्यालो अभियान

मलंगवा – सशस्त्र प्रहरीले आज (बिहीबार) बिहान सदरमुकाम मलंगवामा भन्सार छलेर ल्याइएको २ लाख बढीको कपडा बरामद गरेको छ ।

मलंगवा नगरपालिका ९ जिविस चोकदेखि भित्र सुवोध यादवको घरमा लुकाईछिपाई राखिएको २ लाख ३२ हजार ९०० रुपैयाँ बराबरको कपडा बरामद भएको हो । सशस्त्र प्रहरी बल नेपाल नं. १० गण हेडक्वार्टर मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाबाट खटिएको गस्ती टोलीले विशेष सूचनाको आधारमा भारतबाट भन्सार छलेर ल्याइएको कपडा बरामद गरेको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर भण्डारीले जानकारी दिए ।

बरामद कपडा आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।