logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिपूर्वाबाट काठमाडौं हिँडेको रात्रि बसले ठक्कर दिँदा हरिवनमा एक जनाको ज्यान गयो


  • उज्यालो अभियान

हरिवन – पूर्व पश्चिम राजमार्गको हरिवनमा बुधबार साँझ रात्रिबसको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

हरिवन नगरपालिका–११, कडरिया चोकमा सर्लाहीकै हरिपूर्वाबाट संघीय राजधानी काठमाडौँका लागि छुटेको ना ६ ख ९११७ नम्वरको बसले ठक्कर दिँदा हरिवन ११ कै अन्दाजी ८० वर्षीय मानबहादुर राईको ज्यान गएको प्रहरीले जनायो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका वृद्ध राईको उपचारका क्रममा राति एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको हो । बस प्रहरी नियन्त्रणमा छ ।

चालक फरार रहेका र उनको खोजी भइरहेको हरिवनका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनिलराज गिरीले उज्यालो अभियानसँग बताए ।