logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिपुर २ मा बालविवाह विरुद्धको अभियान सुरु


  • उज्यालो अभियान

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका २ मा वडा कार्यालयले बालविवाह विरुद्धको अभियान प्रारम्भ गरेको छ ।

“बिहेवारी : २० वर्ष पारी”, “नगरौँ विहेका कुरा भएको छैन २० वर्ष पूरा” भन्ने नारासहित बालविवाह विरुद्धको अभियान सुरु गरिएको वडाध्यक्ष निलबिक्रम थापाले जानकारी दिए । उनका अनुसार वडाले बाल विवाहविरुद्धको अभियान अन्तर्गत अहिले माईकिङ गर्ने तथा सचेतनामूलक ब्यानर टाँङ्ने काम गरिरहेको छ ।

हरिपुर नगरपालिकालाई नै बालविवाह मुक्त नगर घोषणा गर्ने अभियान अघि बढाउने चर्चा भइरहँदा वडा नं. २ ले ९ वटा वडामध्ये सबैभन्दा पहिले सचेतनामूलक अभियानको थालनी गरेको हो । बालविवाह मुक्त वडा बनाउने उद्देश्यसहित आगामी मंसिर १ गतेदेखि बिवाह गर्दा वडाको सिफारिस अनिवार्य गर्न लागिएको वडाध्यक्ष थापाले बताए ।

मुलुकी अपराध संहिता २०७४ मा विवाह गर्ने केटा र केटीको उमेर २० वर्ष पुगेको हुनुपर्ने उल्लेख छ । यो भन्दा कम उमेरमा विवाह गराए ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।