logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिवन मोटरसाइकल दुर्घटना : घाइते ३ जनाको आइसियुमा उपचार जारी


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा हिजो भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएकाको आइसियुमा राखेर उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–११, कडरिया चोकमा हिजो (शनिबार) दिउँसो ग १५ प ६०८५ र प्रदेश २–०३–०२१ प ८७६० नम्वरको मोटरसाइकल आपसमा ठोक्किँदा तीन जना गम्भीर घाइते भएका थिए । दुर्घटनामा ग १५ प ६०८५ नम्वरको मोटरसाइकलका चालक प्रहरी चौकी इनर्वा, धनुषामा कार्यरत प्रहरी हवल्दार ४१ वर्षीय दिनेश चौबे र अर्को मोटरसाइकलमा सवार पर्साको वीरगन्ज महानगरपालिका वडा नं. ९ बस्ने २८ वर्षीय सुजन थापा र २९ वर्षीय विजय श्रेष्ठ घाइते भएका इलाका प्रहरी कार्यालय हरिवनले जनायो ।

घाइते तीनै जनाको एलेक्स न्यूरो अस्पताल कलैया, बाराको आइसियुमा राखेर उपचार भइरहेको हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेको दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन् ।