logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

घरमा छापा मारेर फरहदवाबाट २५ केजी गाँजा बरामद, एक महिला पक्राउ


  • उज्यालो अभियान

जिल्ला प्रहरी कार्यालय मलंगवा । (तस्बीर : उज्यालो अभियान)

हरिपुर – प्रहरीले आज (शनिबार) दिउँसो सर्लाहीको हरिपुर नगरपालिका–४, फरहदवामा एक घरमा छापा मारेर २५ केजी गाँजासहित एक महिलालाई पक्राउ गरेको छ ।

स्थानीय जयनाथ महतोको घरमा लागूऔषध लुकाएर राखिएको भन्ने सूचना पाएर गएको प्रहरीले खाटमुनी लुकाएर प्याकिङ गरी राखिएको २५ किलो गाँजा बरामद गरेको हो । प्रहरीले जयनाथकी कान्छी श्रीमती २८ वर्षीया रुन्चिदेवी महतोलाई समेत पक्राउ गरेको छ ।

महिलालाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीका सूचना अधिकारी (डीएसपी) दीपेन्द्र पन्जियार थारुले जानकारी दिए ।