logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

विद्युत् प्राधिकरण लालबन्दीको लापरवाही : बुझाइसकेको महशुल समेत बक्यौता देखाएर सेवाग्राही ठग्दै


  • उज्यालो अभियान

एक सेवाग्राहीले अघिल्लो महिनामा बुझाएको रसिद (दायाँ) र अहिले नयाँ बिल काट्दा त्यो रसिदको पैसा (एरियर्स अमाउन्ट) ५९५.३९ समेत जोडिएको आएको नयाँ बिल (दायाँ)

लालबन्दी – सर्लाहीको लालबन्दीस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रले सेवाग्राहीले अघिल्लो महिनामै बुझाइसकेको महशुल समेत बक्यौतामा देखाएर सेवाग्राहीसँग दोहोर्याएर महशुल लिने गरेको पाइएको छ ।

केही सचेत सेवाग्राहीले अघिल्लो पटक महशुल तिरेको रसिद लगेर देखाएपछि बक्यौता रकम (एरियर्स अमाउन्ट) कटाए पनि सोझा, सिधा नागरिक अगाडिनै बुझाइसकेको पैसा पुनः तिर्न बाध्य भएका हुन् । प्राधिकरणले लामो समयदेखि गर्दै आइरहेको यस प्रकारको मनोमानीका कारण निरक्षर ग्राहक दोहोर विद्युत् महशुल बुझाउन बाध्य भएका गुनासो व्यापक मात्रामा आउन थालेको छ ।

लालबन्दी नगरपालिका ७ का स्थानीय बिप्रहरि दाहालले प्राधिकरणले लापरवाही र कमजोरी सुधार गर्न बेवास्ता गरेको गुनासो गरेका छन् । “अघिल्लो महिनामै बुझाएको शुल्क पनि नयाँ बिल काट्दा जोडिएर आउँछ, यो हामीजस्ता बुझेका ग्राहकले यहाँ आएर सोधखोज गरी घटाउँछौँ, त्यही पनि पुरानो पैसा तिरेको बिल ल्याएन भने कर्मचारीले सबै पैसा बुझाउन लगाउँछन्,” बिहीबार दिउँसो कार्यालयमा भेटिएका दाहालले उज्यालो अभियानसँग भने, “एक अक्षर पनि नजान्ने सेवाग्राही पैसा तिर्न आउँदा के अवस्था होला ? ।

दाहालले हरेक पटक गुनासो लिएर जाँदा प्राविधिक समस्याले यस्तो भएको भन्दै कर्मचारीले फास्लाङफुस्लुङ कुरा गरेर पठाउने गरेको गुनासो पोखे । लालबन्दी नगरपालिका–५, मेजरगन्जका दीपेन्द्र प्रसाद दाहालले आफ्नो पनि अघिल्लो महिना तिरेको पैसा समेत जोडिएर आएपछि प्राधिकरणमा गएर गुनासो राख्दा कर्मचारीले नानाथरी जवाफ दिएका बताए ।

नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रले त्यसरी पुरानो रकम चुक्ता गर्दा पनि फेरि बक्यौता रकम (एरियर्स अमाउन्ट) भनेर देखाए त्यो पैसा तिर्नु नपर्ने दावी गरेको छ । वितरण केन्द्र प्रमुख इन्जिनियर त्रिभुवन यादवले काउण्टरमा आएर पैसा तिर्दा पुरानो तिरिसकेको पैसा घटाएर मात्रै लिने गरेको दावी गरे । यादवले यस्तो दावी गरेपनि ग्राहकले पहिले तिरिसकेको र नयाँ बिल काट्दा अघिल्लो महिना समेत तिरिसकेको पैसा समेत जोडेर उठेको कूल रकम तिर्दै आइरहेका छन् ।

वितरण केन्द्र प्रमुख यादवले मिटर रिडरले बिल काटेपछि ३ दिन सिष्टममा चढाउन समय लाग्दा (एरियर्स अमाउन्ट) देखाउनु गरेको दावी गरे । उनको यो दाबी झुटो साबित हुन्छ । ३ दिनभित्र हुनुपर्ने इन्ट्रीको काम एक महिनासम्म पनि नभएको पाइयो । उनले बिहीबार दिउँसो संचारकर्मी कार्यालय पुगेर सोधेखोज गर्दा कर्मचारीको यो गल्ती स्वीकार गरेनन् ।

बरु कर्मचारीले बेलैमा सिष्टममा इन्ट्री नगर्दा ग्राहकले भने दोहो¥याएर पैसा तिर्नुपरिरहेको छ ।