logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बागमतीमा तरुण दलले राखेको कार्यक्रममा २५ जनाद्वारा रक्तदान


  • उज्यालो अभियान

बागमती – सर्लाहीको बागमती नगरपालिका ११ कर्मैयामा बुधबार नेपाली कांग्रेस निकट नेपाल तरुल दल वडा कार्य समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् ।

पशुपति मन्दिर परिसरमा राखिएको रक्तदानमा सो संख्याका व्यक्तिले रक्तदान गरेका तरुल दलका वडा सभापति प्रकाश खत्रीले जानकारी दिए । उनका अनुसार नेपाल रेडक्रस सोसाइटी शाखा मलंगवासँग सहकार्य गरी रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।

रक्तदान कार्यक्रममा बागमतीका नगरप्रमुख भरतकुमार थापा, वडा नं. ११ का वडाध्यक्ष प्रदीपकुमार आचार्य, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।