संग्रामपुर – कसूरै नगरी प्रहरी नियन्त्रणमा परेका एक यूवकलाई छाड्न प्रहरीले ४० हजार घुस रकम लिएको खुलेको छ ।
मोवाइल बैंकिङ मार्फत गाउ“कै एक अर्का ब्यक्तीको खाता मार्फत प्रहरीले रकम बुझेको खुलेको हो । सर्लाहीको दक्षिण– पूर्वीक्षेत्रमा पर्ने संग्रामपुर प्रहरी चौकीका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक (असई) मनोज रायले स्थानीय अमित झालाई विना कसूर नियन्त्रणमा लिएका थिए ।
झालाई छाड्न रायले ४० हजार रकम बुझेको खुलेको हो । गत शुक्रबार भारतबाट नेपालतर्फ ल्याउ“दै गरेको माला उन्ने फूल संग्रामपुर प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीले फूल नियन्त्रणमा लिइसकेपछि सो स्थानमा पुगेका संग्रामपुरका झालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । के भयो भनेर बुझ्न जादा आफूलाई प्रहरीले नियन्त्रणमा लिएको झाको भनाई छ ।
गाउ“कै एक फूल ब्यापारीले प्रहरीको घुमुवा अरुण यादवको सेटिङमा भारतबाट फूल मगाएका थिए । त्यहीबेला स्थानीय प्रहरीले फूलसहित झालाई नियन्त्रणमा लिएको थियो । तर प्रहरीले ब्यापारीलाई मानिस छोड्नका लागि भन्दै एक लाखबाट बार्गेनिङ सुरु गरेको थियो ।
पछि ४० हजारमा कुरा मिलेपछि झा प्रहरी नियन्त्रण बाहिर आए । झा गाउ“कै भएकाले ब्यापारीकै कारण प्रहरी नियन्त्रणमा परेको भन्दै ब्यापारीमाथी दवाव परेपछि उनले सो रकम तिरे ।
प्रहरीले सिधै रकम नबुझेपनि स्थानीय चिकित्सकको रुपमा परिचित रवीन कुमार यादवको नाममा मोवाइल बैंकिङ मार्फत रकम बुझेपछि झालाई थुनामुक्त गरिएको हो । सो रकमको जोहो भने फूल ल्याउने ब्यापारीले गरेको बुझिएको छ ।
ब्यापारीकै खाताबाट चिकित्सकको खातामा रकम गएको देखिएको छ ।
सर्लाही प्रहरीका सूचना अधिकारी (डीएसपी) दीपेन्द्र पन्जियार थारुले संग्राम्पुर चौकी प्रमुखले घुुस रकम लिएको भन्ने जानकारी पाएलगतै प्रहरी निरीक्षकको कमाण्डमा अनुसन्धान टोली गठन गरि सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको बताएका छन् ।