logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सिके राउतलाई एक क्विन्टलको माला, डा. गुणेश्वर झा जनमत पार्टीमा प्रवेश


  • उज्यालो अभियान

डा. सिके राउतलाई १ क्विन्टलको मालाले सम्मान गरिँदै । (तस्बीर : उज्यालो अभियान)

कविलासी – सर्लाहीको कविलासीमा आज (सोमबार) जनमत पार्टीको पार्टी प्रवेश कार्यक्रम तथा आम सभा सम्पन्न भएको छ ।

पार्टीका जिल्ला इन्चार्ज श्रीचन यादवको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्रप्रकाश राउत (सिके राउत) को प्रमुख आतिथ्यतामा कविलासी नगरपालिका ८ कविलासी चोकमा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा अन्य पार्टीबाट करिव ३ सय कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेका जनमतका नेताले दावी गरेका छन् ।

सदरमुकाम मलंगवा निवासी डाक्टर गुणेश्वर झा पनि जनमत पार्टीमा प्रवेश गरेका छन् ।

डा. गुणेश्वर झा जनमत पार्टीमा प्रवेश गर्दैै । (तस्बीर : उज्यालो अभियान)

कार्यक्रमका प्रमुख अतिथि डा. सिके राउतलाई जनमत पार्टीको कविलासी नगर समितिले एक क्विन्टलको मालाले स्वागत तथा सम्मान गरेको छ ।

कार्यक्रमलाई पार्टीका महासचिव एवं मधेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंह, प्रदेश सभा सदस्य हसिना खातुन, पूर्व कृषि राज्यमन्त्री सन्जय यादव, पार्टी प्रवक्ता डा. शरद यादव, केन्द्रिय कार्यकारिणी सदस्य सन्जय कुमार सिंहलगायतले सम्वोधन गरे ।