logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

आमाको पुण्य तिथीमा आश्रमलाई खाद्यान्न तथा नगद सहयोग


  • उज्यालो अभियान

जुटपानी – सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथान निवासी एक परिवारले स्वर्गिय आमाको पुण्य तिथीमा आश्रमलाई खाद्यान्न र नगद सहयोग गरेको छ ।

स्वर्गिय कमलादेवी कार्कीको १३ औँ दिनको पुण्य तिथीमा उनका छोराबुहारीहरुले पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम लालबन्दी २ जुटपानीमा आज (सोमबार) सहयोग प्रदान गरेका हुन् । कार्की परिवारले आश्रममा २५ केजीको एक बोरा चिनी, ३० केजी पिठो, फ्रुटी, फलफूलसहित नगद ५ हजार ५५ रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको आश्रमकी व्यवस्थापक भवानी कोइरालाले जानकारी दिए ।

स्वर्गीय कमलादेवीका छोरा बुहारीहरु कैलाश/जानुका, कुमार/मेनका, कुवेर/अप्सरा भएर आश्रमलाई खाद्यान्न तथा नगद सहयोग गरेका हुन् ।