logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

जनमत पार्टीले कविलासीमा आम सभा गर्दै, अध्यक्ष राउतले सम्वोधन गर्ने


  • उज्यालो अभियान

कविलासी तराईमा नयाँ राजनीतिक शक्ति बनेर उदाइरहेको जनमत पार्टीले आज (सोमबार) सर्लाहीको कविलासीमा पार्टी प्रवेश तथा आम सभा आयोजना गर्ने भएको छ ।

नवलपुर–मलंगवा सडक अन्तर्गत कविलासी नगरपालिका ८ कविलासी चोकमा आज मध्यान्ह आम सभा गर्न लागिएको पार्टीका केन्द्रिय सदस्य नरेश कुशवाहले उज्यालो अभियानसँग बताए । कुशवाहाका अनुसार सभालाई पार्टीका केन्द्रिय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. सिके राउतलगायतले सम्वोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

यो पार्टीले जिल्लाको दक्षिणी भेगमा आफ्नो संगठन बलियो बनाउँदै लगिरहेको छ ।