logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कर्मैया क्याम्पसको ११ औँ प्राज्ञिक भेला सम्पन्न


  • उज्यालो अभियान

बागमती – सर्लाहीको बागमती नगरपालिका–११, कर्मैयामा रहेको कर्मैया आदर्श जनता क्याम्पसको शनिबार ११ औँ वार्षिक प्राज्ञिक भेला सम्पन्न भएको छ ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हरि पुडासैनीको अध्यक्षता तथा नगरप्रमुख भरतकुमार थापाको प्रमुख आतिथ्यतामा वार्षिक प्राज्ञिक भेला गरिएको हो । भेलाबाट क्याम्पसको आर्थिक तथा विधान संशोधन प्रस्ताव पारित गरी नयाँ कार्र्ययोजना समेत प्रस्तुत गरिएको अध्यक्ष पुडासैनीले जानकारी दिए ।

उनका अनुसार भेलामा नगर उपप्रमुख लिलाकुमारी मोक्तान, राजनीतिज्ञ लक्ष्मण पौडेल, श्री ५ महेन्द्र जनता मा.वि. कर्मैयाका अध्यक्ष घनश्याम थापा, विभिन्न वडाका वडाध्यक्षलगायतको आतिथ्यता रहेको थियो ।

यस क्याम्पसमा प्लस् टु तथा स्नातक तहमा गरी करिव ३ सय विद्यार्थी अध्ययनरत् रहेका छन् ।