logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बलभद्र पूजाको अवसरमा मलंगवामा कलश यात्रा


  • उज्यालो अभियान

तस्बीर : रासस ।

मलंगवा – बलभद्र पूजाको अवसरमा शनिबार सर्लाही सदरमुकाम मलंगवामा कलश यात्रा निकालिएको छ ।

कलवार जातिले आफ्नो कुल देवताको रुपमा हरेक वर्ष बलभद्र पूजा आयोजना गर्ने गरेका छन् । सोही क्रममा शनिबार मलंगवामा जनप्रतिनिधि, राजनीतिज्ञ, कलवार जातिका अगुवा र स्थानीयको उपस्थितिमा कलश यात्रा निकालिएको हो ।

यसैबीच, सदरमुकाम मलंगवाको खुटौना क्षेत्रमा शनिबार बिहान सडक सरसफाई गरिएको छ । स्थानीयवासी, सुरक्षाकर्मीलगायत भएर सरसफाई कार्यक्रम गरेका हुन् ।

सरसफाईमा स्थानीय हिन्दु तथा मुस्लिम दुवै समुदाय हार्दिकताका साथ सहभागी भएको देखिन्थ्यो ।