मलंगवा – सीमावर्ती क्षेत्रस्थित सर्लाहीको पर्सा गाउँपालिका–५, मा रहेको पर्सा स्वास्थ्य चौकीलाई यूएसजी मेसिन सहयोग प्राप्त भएको छ ।
स्वास्थ्य चौकीलाई वल्र्ड भिजन इन्टरनेशनल नेपाल र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (आरआरपीके) ले एक थान यूएसजी मेसिन सहयोग गरेका हुन् । संस्थाका प्रतिनिधिले बुधबार गाउँपालिकाका अध्यक्ष धीरेन्द्र यादव (विस्पत) लाई उक्त मेसिन प्रदान गरेका गाउँपालिकाले जनाएको छ ।
यूएसजी मेसिन प्राप्त भएपछि स्वास्थ्य चौकीबाट भिडियो–एक्सरे सेवा प्रदान गर्ने तयारी गरिएको छ । उक्त मेसिन ग्रहण गर्दै गाउँपालिका अध्यक्ष यादवले यि संस्थाबाट पटक–पटक यस प्रकारको सहयोग प्राप्त गरिरहँदा ग्रामीण भेगको आफ्नो पालिकालाई शिक्षा र स्वास्थ्य क्षेत्रको विकास तथा सुधारमा ठूलो मद्दत पुगेको भन्दै खुसी व्यक्त गरे ।
आरआरपीकेले पर्सा र हरिपूर्वा नगरपालिकामा स्वास्थ्य तथा शिक्षा क्षेत्रको विकासका लागि बारम्बार यस प्रकारको सहयोग गर्दै आइरहेको छ । आरआरपिकेले दातृ निकायसँग समन्वय गरी दुई पालिकामा जिर्ण अवस्थामा रहेका दर्जनौँ विद्यालयको नयाँ भवन समेत बनाइदिएको छ भने स्वास्थ्य संस्थाहरुमा औषधि, उपकरण सहयोग गरेको छ ।