logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिपुर बजारमा सरसफाई


  • उज्यालो अभियान

हरिपुर – नवलपुर मलंगवा सडक खण्डमा पर्ने हरिपुर बजारमा मंगलबार बिहान सरसफाई गरिएको छ ।

उद्योग वाणिज्य संघ हरिपुर तथा ग्रामीण नारी उत्थान संघ हरिपुरको सहकार्यमा वातावरणीय स्वच्छता तथा सरसफाई कार्यक्रम गरिएको हो । सरसफाईमा स्थानीय व्यवसायी, ग्रामीण नारी उत्थान संघका पदाधिकारी तथा कर्मचारी, नेपाल प्रहरी र स्थानीय वासिन्दा सहभागी भएका छन् ।

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै बजार क्षेत्रलाई सफा राख्ने उद्देश्यले सरसफाई गरिएको हो । यसअघि हिजो सदरमुकाम मलंगवामा पनि यस्तै प्रकारको सरसफाई कार्यक्रम गरिएको थियो ।