logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

उत्तरी भेगका अधिकांश किसानले धान बाली भित्र्याए, दक्षिणी भेगमा पाक्नै बाँकी


  • उज्यालो अभियान

परवानिपुर –  सर्लाहीको उत्तरी चुरेभेगका अधिकांश किसानले धानबाली भित्र्र्याएर सकेका छन् ।

केही किसानले दशैँअघि र बाँकीले दशैँपछि धान थन्काएका हुन् । आकाशे पानीको भरमा खेती हुने उत्तरी चुरभेगका किसानले छिटो पाक्ने आश धान लगाएका थिए ।

धान भित्याएका ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको चुरेभेगका किसानले चिसो छँदै तोरीलगायत अन्य बालीनाली लगाइसकेका हाम्रा संवाददाताले जनाएको छ । सिँचाई सुविधा रहेको क्षेत्रका किसानले भने ढिलो गरी धान रोपाइँ गरेका थिए । ढिलो रोपेको धान भर्खरै पसाएर झुक्न थालेको छ ।

दक्षिणी भेगमा धान बाली भित्याउन मंसिर नै लाग्ने देखिन्छ । दक्षिणी भेगमा पनि छिटो गरी रोपिएको धान भने पाक्न थालेको छ । धान काट्ने मजदुर पाउन मुस्किल परेपनि धान झार्न खेतखेतमै थ्रेसर पुगेकाले मजदुर जुटाइरहनु पर्दैन् ।

बेलैमा पर्याप्त पानी नपरेको र रोपेपछि समेत खडेरी गएपनि यो वर्ष धानको फलार्ई मध्यमखालको रहेको किसानले बताएका छन् ।